दफा १२
मन्त्रालयगत तथा क्षेत्रीय योजना स्वीकृत गराउनु पर्ने
१२. मन्त्रालयगत तथा क्षेत्रीय योजना स्वीकृत गराउनु पर्नेः
(१) नेपाल सरकारबाट विनियोजन हुने रकम तथा वैदेशिक सहायताबाट सञ्चालन हुने योजना आयोगबाट स्वीकृत गराउनु पर्नेछ । वैदेशिक सहायताबाट सञ्चालन हुने आयोजनाअन्तर्गत विषयगत कार्यालयहरूले सुदुर पश्चिम क्षेत्रस्तरीय कार्यक्रम तर्जुमा गर्दा आयोगसँग निकट रही गर्नुपर्नेछ र आयोगले वैदेशिक सहायताअन्तर्गत कुनै योजनासम्बन्धी काम गर्दा अर्थ मन्त्रालयको समेत स्वीकृति लिनुपर्नेछ ।
(२) उपदफा (१) बमोजिमका योजनाको तर्जुमा तथा स्वीकृतिसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।